top of page

स्थानीय चुनावमा ३१६ जना निर्विरोध, एमाले अगाडि

दुबई, युनाईटेड अरब ईमिरेटस

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । र, यसमा नेकपा एमालेले अरू दलभन्दा अगाडि देखिएको छ । प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा हुने चुनावका लागि बैशाख १९ गते उम्मेदवारी दर्ता थियो भने उम्मेदवारी फिर्ताको प्रकृया पुरा गरेर चुनाव चिह्न समेत प्रदान गरिएको छ । निर्वाचन आयोगका अनुसार केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवारी फिर्तापछि निर्विरोध निर्वाचित भएका हुन् ।

आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध भएका छन् । मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् । ५६ वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ६३ महिला वडा सदस्य, ७७ दलित महिला सदस्य र ११६ खुलातर्फका वडा सदस्य पनि निर्विरोध निर्वाचित भएको सचिव मैनालीले बताए । विभिन्न पदमा निर्विरोध भएकामध्ये एमाले सबैभन्दा अगाडि छ । एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ४२ जना छन् । राप्रपाका ४ तथा नयाँ शक्ति र परिवार दलको १-१ जना उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।



Featured Posts
Recent Posts
Search By Tags
No tags yet.
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic

Sanaghare mean a small cottage where I was born. Now, it was a brand name for our family. This name is still widely known by the public as brand name. Thankx

Get social with me!
  • Facebook Social Icon
  • Tumblr Social Icon
  • LinkedIn Social Icon
Share your thoughts!

 

​Telephone : ​+971-569507521

Email : info@sanaghare.com

​​​

Copyright © by Proudly created with sanaghare.com

bottom of page