top of page

नेपालको राजनीतिले उठिबास भएको म !

आज भन्दा ९ बर्ष पहिले म आफ्नो उच्च शिक्षा सकेको एक नेपाली नागरिक हु l जति बेला देश चरम हत्या, हिंशा, लुटपाट र बलत्कारले ग्रषित भैरहेको थियो l म आफ्नो योग्यता र क्षमताले नेपालको एक चर्चित कम्पनीमा राम्रो पदमा बसेर काम गरिरहेको थिए l त्यस कम्पनीमा म जस्ता धेरै योग्यता र क्षमता भएका कर्मचारीहरु पनि थिए l हाम्रो काम र पारिश्रमिक पनि त्यसबेलाको लागि सुहाउदो नै थियो l त्यसैले कम्पनीप्रति पूर्ण बफादार भएर काम गरिरहेका थियौ l


समय हो चलायमान हुन्छ नै त्यसैकर्ममा धेरै परिबर्तनहरु नि हुने नै भए l त्यसै बेला नेपाल कम्मुनिस्ट पार्टी माओबादीको एक कर्मचारी संगठनका कमरेड आएर म र मेरा सहपाठी कर्मचारीहरुलाइ धेरै धेरै सपनाहरु देखाउनु भयो l हामी त्यो पार्टीको लोभ र पर्लोभनमा परेर संगठनको गठन गरि कम्पनी विरुद्ध हाम्रा २१ बुदे माग पत्र पेश भए l हुन नि देशमा शासकहरुले शासन सत्ता चलाई रहेको ठाउमा कम्पनीका मालिकहरु नि त्यही सोचबाट ग्रसित नै थिए l कम्पनी संगको हाम्रो मागहरु समय अनुसार केहि ठिक भए पनि सबै मागहरु समय सापेक्ष ठिक पनि थिएनन् होला l हामीले हाम्रा मागको सुनुवाई नभए पछि कम्पनी बन्द गर्ने सम्मका कार्यकर्मका साथ आन्दोलनको आधिबेरी सिर्जना गरेउ l करिब २ हप्ता लामो बन्द र हट्तालले गर्दा कम्पनीका मालिकले माग पुरा गर्ने बाचा सहित बार्ताको टेबुलमा बोलाए l त्यो बेला भन्दा पहिले हामी कुनै पनि कर्मचारी आफ्नो मालिकसंग बोल्न नि धेरै डराएर बोल्ने गरेको थियो l केवल त्यो २ हप्ताको आन्दोलनले हामीमा धेरै परिवर्तन भइसकेको थियो l हाम्रा केहि सहकर्मीहरु हामीलाई फरक नजरले हेर्ने गर्दथे l पहिले मिलेर बसेका कर्मचारीहरु नि दुस्मन भएका थिए हाम्रो लागि l धेरैसंग हाम्रो दुस्मनी बनिसकेको थियो l जुन दिन हाम्रो मागको लागि बार्तामा बस्ने दिन आयो हामीलाई दशैं आएको जस्तो भएको थियो l बार्ता ३ पक्षीय रोहवरमा भयो अनि सम्झौता अनुसार ५० प्रतिशत मागहरु पुरा गर्ने सहमति भयो l कता कता खुसि लागे जस्तो नि कता कता खै के खै ? जस्तो नि भयो l समय बित्दै गयो सानो सानो कुराहरुलाई नि हामीले माग माग भन्दै आन्दोलन गर्ने बानि बस्दै गयो l सजिलो नि कति कति काम गर्नुभन्दा नि यता उता गरेर समय पास गर्ने गर्न थालियो l त्यसपछि कम्पनीमा त्यसको नराम्रो असर पर्दै गयो l आर्थिक रुपमा कम्पनी धरासाही हुदै गयो l हामीलाई त्यो आवास हुन थालिसकेको थियो हामी जे गरेर यो दिन आयो त्यो गलत थियो भन्दै आत्मा आलोचन गर्न बिबस भएर कम्पनी नै छोड्ने सम्मको परिस्थिति सिर्जना भयो l यो पक्का थियो कम्पनी राम्रोसंग अगाडी गएको भए हामी यो अर्कैको देश बनाउन यो ठाउमा आउने थिएनौ l जे होस् हामी जस्ता देश विकासका मेरुदण्ड नै बिदेस आएर देश बन्दैन यो पक्का छ l हामीसंग उचित शिक्षा, ज्ञान, क्षमता छ यो हामीले देशमा विकासमा लगाउने अवसरबाट बन्चित भएका छौ l यो जीवनमा अब त्यो सपना नि देखेका छैनौ l किनकि हामीहरु देशमा भएको चरम गरिबी र देशमा हाम्रो सम्मुनत भबिस्य नदेखेर नै देश छोडेर आएका छौ l देश छोडेर आउने मन को नै नागरिकलाइ हुन्छ र ? आज आएर युवाहरुको मनमा यो नराम्रो छापको असर परिसकेको छ कि हाम्रो देश राजनीतिले ग्रर्सित छ l देशमा बसेर हामीले आफ्नो र भाबी सन्ततिको लागि केहि गर्न सकिदैन भनेर हिड्न बिबस छन् l आखिर यो कहिले सम्म ? देशमा नै पसिना बगाउने दिन कहिले बन्ला ? राजनीति आफ्नो लागि भन्दा नि देश र जनताको लागि गर्दा राम्रो हुने थियो l नत्र म र मेरा साथीहरुले जसरि कम्पनी नै डुबाएका थिएऔ त्यसरी नै राजनीतिक पार्टीले नि देशलाई पत्तासाब बनाउने कुरामा दुइमत छैन l दिमागमा गोबर भएका नेताहरु: १. शेर बहादुर देउवा २. पुष्प कमल दाहाल (प्रचण्ड) ३. बाबुराम भट्टराई


Featured Posts
Recent Posts
Search By Tags
No tags yet.
Follow Us
  • Facebook Classic
  • Twitter Classic
  • Google Classic
bottom of page