पहाडमा लुकेका हाम्रा प्रतिभाशाली नायकहरु
- Bryan Kshettri, UAE
- Jun 9, 2016
- 1 min read
के सम्भव छैन ? हुने बिरुवाको चिल्लो पात भनेझै, केहि आफ्ना प्रतिभाहरु देखाउन सबै पढेर, जानेर, सिकेर र परिपक्क भएर गर्नु पर्छ भन्ने छैन l यसको उदारणको रुपमा लिन सकिन्छ यी दुइ भाइहरु नायक खड्क राज नेपाली र अर्का नायक शुभराज रोकायालाइ लिन सकिन्छ l नेपालको अति विकट पहाडी जिल्ला मुगुमा जन्मिएका यी दुइ प्रतिभाशाली नव नायकहरुले आफु भित्रको कला अभिनय नसिकेर नि गर्न सकिन्छ भन्ने कुरा साबित गरिदिएका छन् l

महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए की " हाम्रा कति William Shakespeare हरु पहाडमा हलो जोत्दै होलान " l यसको अर्थ भनि रहन त्यति आवश्यक छैन l नेपाली फिल्म ' कालो पोथी ' का निर्देशक/निर्माता श्री मिन बहादुर बमको निर्देशनमा बनेको यस फिल्मका दुइ मुख्य पात्र हुन् नेपाली र रोकाय l अन्तरास्ट्रिय पुरस्कार समेत हात पारेको यो फिल्म नेपालका प्रमुख चलचित्र हलहरुमा जेठ २१ गते देखि संचालनमा आइरहेको छ l यो फिल्मले राम्रो दर्शकहरु को मन जितोस भन्ने शुभकामना सहित आउदा दिनहरुमा सकेसम्म गाउँको माटोमा खेलिरेहेका ति प्रतिभाशाली नायकहरुलाइ फिल्म उधोगमा भित्र्याउनको लागि अनुरोध छ l जय नेपाल
Comments