" मेरो प्यारो अर्घाखाँची " नामक वृतचित्र सार्वजनिक
- Bryan Kshettri
- May 30, 2016
- 1 min read
अर्घाखाँची (हाल यु.ए.ई.)
बिहानी घामको पहिलो किरणको साथमा सुन्दर सफा हिऊले छोपिएका ति ठुला हिमालहरुले घेरिएको सानो र रमणीय हाम्रो अर्घाखाँची । प्राचिन कालमा ऋषिमुनिहरुको तपोभूमि भएको हाम्रो अर्घाखाँची । आफैमा सुन्दर प्राकृतिक, ऎतिहासिक र धार्मिक सम्पदाहरुले भरिपूर्ण भएको अर्घाखाँची ।
यसै भित्र सुपा देउरालीमाता सबैको आस्ता र भरोशाको केन्द्रबिन्दु । भाक्कल गरेर आफ्नो इच्छा पुरा गर्ने । ४२ गा.वि.स. एउटा मालामा मिलेर बनेको हाम्रो अर्घाखाँची । भण्डार गर्न बरदान पाएको प्राकृतिक खनिज पदार्थ र चुनढुंगा ले बनेको अर्घाखाँची । हेर्दा लाग्छ कतै यो स्वर्गमा त छैन अर्घाखाँची । पूर्वमा घामको नौलो किरणको साथमा उत्तरका चम्किला हिमश्रखलाहरु र दक्षिणमा ठुलो महाभारत लेकमा कति सुरक्षित अर्घाखाँची । महाभारत लेकमा पंन्चपाण्डपहरु युद्धकला सिकेको ठाउँमा हाम्रो अर्घाखाँची । विवित्ततामा अनेकता छ अर्घाखाँची ।
संसारभरका मानिसहरुलाई एउटा सांकेतिक भाषामा समेट्दै गायक Madhusudan बन्जाडे र गायिका Samjhana Lamichhane Magar Thapa बहिनीको सुमधुर श्वर ले भारिएको साङेतिक बित्तचित्र प्रर्दसन आएको छ । जे होश अर्घाखाँचीको सम्पूर्ण स्थलको दर्शन गर्न यो म्युजिक भिडियो अवश्य सघाउने छ। टोप बहादुर रायेमाझी, दुमन थापा, पुस्पा भुसाल, बम बहादुर बिस्वकर्मा र समाजसेविहरुले पनि आ-आफ्नो विचार राख्नुभएको छ । https://www.youtube.com/watch?v=r7eXx6D6SDY
Comments